जेठ ०६, २०८१, आइतबार
               

आईपीओ ल्याउने तयारीमा अर्घाखाँची सिमेन्ट

नेपाल फ्ल्यास
भदौ १९, २०७८

ADVERTISEMENT

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा प्राइभेटबाट पब्लिक कम्पनी बनेको अर्घाखाँची सिमेन्टले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ । कम्पनीले अर्को आर्थिक वर्षभित्र आईपीओ निष्कासनको तयारी गरेको जनाएको हो ।

कम्पनीका प्रमुख वित्त अधिकृत राजु पौडेलले सर्वसाधारणका लागि सेयर खुलाउने तयारी अगाडी बढिरहेको जानकारी दिए । उनले आईपीओ खुलाउने मिति नतोके पनि अर्को आर्थिक वर्ष भित्र सर्वसाधारणलाई सेयर बिक्री गर्ने तयारी भइरहेको बताए  त्यसका लागि कम्पनीले काम अगाडी बढाएको उनको भनाई छ ।

यसैगरी, सिमेन्ट कम्पनीले अर्घाखाँची ओपीसी सिमेन्टले ४३ ग्रेडको इजाजत पाएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले ‘एनएचएस–५७२’ प्रमाणीकरण गरी कम्पनीलाई ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

हालसम्म कम्पनीले ३३२ ग्रेड वा सो सरहको मान्यता पाइरहेको छ । र, यही ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको थियो । कम्पनीले ओपीसी र पीपीसी तथा क्लिंकर उत्पादन गर्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि