जेठ ०६, २०८१, आइतबार
               

सांस्कृतिक सम्पदा पुन:निर्माण गर्न भारतद्वारा ४ अर्ब २० करोड अनुदान

नेपाल फ्ल्यास
भदौ १८, २०७८

ADVERTISEMENT

भारतले नेपालका विभिन्न सांस्कृतिक सम्पदा पुन:निर्माण गर्न नेपाललाई ४ अर्ब २० करोड अनुदान सहयोग दिने भएकाे छ । भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

नेपालका विभिन्न १४ वटा सांस्कृतिक सम्पदा परियोजना र १०३ वटा स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि उक्त अनुदान दिने भएकाे नेपालस्थित भारतीय दूतावासले जनाएकाे छ । 

उक्त अनुदान रकमले नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रे जिल्लामा १०३ वटा स्वास्थ्य परियोजनाका पुनर्निर्माण गरिनेछ । 

विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंशल र केन्द्रीय आयोजना कार्यान्वयन इकाईका परियोजना निर्देशक श्याम किशोर सिंहको उपस्थितिमा दुवै पक्षले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

भारत सरकारकाे अनुदान सहयोगमा २०७२ सालको भूकम्पले क्षति पुगेका यी परियोजनाहरुको पुनर्निर्माण गरिनेछ । दुवै स्वास्थ्य तथा सांस्कृतिक सम्पदा परियोजनाको कार्यान्वयन निकाय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई रहेको छ ।

हाल भारत सरकारको अनुदान सहयोगमा ७ जिल्लामा ७१ वटा शैक्षिक परियोजना, २८ वटा सांस्कृतिक सम्पदा परियोजनाको निर्माण भइरहेको छ । त्यस्तै नेपालका १० जिल्लामा १४७ वटा स्वस्थ्य सुविधा र गोरखा र नुवाकोट जिल्लामा ५० हजार वटा घरहरुको निर्माण भइरहेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि