जेठ ०४, २०८१, शुक्रबार
               

आज ५० अंकले घट्यो सेयर बजार

नेपाल फ्ल्यास
भदौ १७, २०७८

ADVERTISEMENT

बिहीबार सेयर बजारमा ५० अंकको पहिरो गएको छ । ५० अंकले घटेर बजारको परिसूचक नेप्से २९२६ अंकमा झरेकाे छ ।  

गत भदौ २ गते नयाँ कीर्तिमानी ३१९८ अंक कायम गरेपछि बजार घटिरहेको छ । अर्कोतर्फ कारोबार रकम पनि बढ्न सकेको छैन। आज ९ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएको छ। 

सबै समूहहरु राताम्मे भएका छन्। बैंकिङ १६, विकास बैंक १८६, फाइनान्स ११३, होटल तथा पर्यटन ११, जलविद्युत ११६, लगानी ३, जीवन बीमा ३५९, उत्पादन १३१, माइक्रोफाइनान्स २३, निर्जीवन बीमा २३५, अन्य ३६ र ब्यापार समूह ३८ अंकले घटेका छन्। 

बिहीबार सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । यी दुबै कम्पनी हालै सूचीकृत कम्पनी हुन्।

कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ५७ करोड रुपैयाँको सेयर किनबेच भयो । 
 


कस्तो लाग्यो ?

यो पनि