जेठ ०४, २०८१, शुक्रबार
               

सानिमा लाइफको शेयर खरिदकर्ताको चाप उच्च, बिक्रीकर्ता शून्य

नेपाल फ्ल्यास
भदौ १७, २०७८

ADVERTISEMENT

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स (SLI) काे शेयर पहिलो दिननै सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ओपनिङ्ग रेन्जको उच्च विन्दुबाट कारोबार खुलेको कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर ३३९ रुपैयाँ ९० पैसा पुगेको हो । हाल सम्ममा कम्पनीको ३३६ कित्ता शेयर किनबेच भएर १ लाख ७ हजार ३८१ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

कम्पनीको शेयरमा खरिदकर्ताको चाप भने उच्च देखिएका छन् । यो समाचार तयार पार्दासम्म ९ लाख ९ हजार ६८८ कित्ता शेयर माग गर्दै वाइङ्ग अडर देखिएको छ । यता बिक्रीकर्ता भने शून्य देखिएको छ । शेयर मूल्य अझै बढ्न सक्ने अनुमान गर्दै शेयरधनीहरुले कम्पनीको अहिलेनै बेच्न खोजेका छैनन् ।

बुधबार सूचीकृत भएको कम्पनीको शेयर आज पहिलो पटक कारोबारमा आएको हो । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्युनतम १०३ रुपैयाँ १७ पैसा देखि ३०९ रुपैयाँ ५१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।

कम्पनीले साउन २० गते देखि २४ गतेसम्म सर्वसाधारणमा कुल ६० लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारीलाई ३ लाख र म्युचुअल फन्डलाई ३ लाख कित्ता शेयर छुट्याएर बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि