जेठ ०४, २०८१, शुक्रबार
               

नेप्से परिसूचक १ अंकले बृद्धि

नेपाल फ्ल्यास
भदौ १६, २०७८

ADVERTISEMENT

पछिल्लो साता निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार सामान्य अंकले बढेको छ । 

१.१४ अंकले बढेर नेप्से परिसूचक २ हजार ९७६.९८ अंक कायम भएको छ। सामान्य अंकले नेप्से बढे पनि अधिकांश कम्पनीको मूल्य भने भारी अंकले गिरावट देखिएको छ । 

आज कारोबारमा आएका २२६ कम्पनीको एक करोड ७१ लाख ८२ हजार ८७१ सय कित्ता शेयर ९ अर्ब ३५ करोड ५१ लाख ७९ हजार ९६५ रुपैयाँको शेयर किनबेच भएको छ ।

कारोबार भएका मध्ये ६८ कम्पनीको मूल्य मात्रै बढ्दा १०५ कम्पनीको शेयर मूल्य घटेको छ। भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

बैंकिङ ७, होटल तथा पर्यटन १३० र जीवन बीमा समूह ७४ अंकले बढेको छ । तर बाँकी सबै उपसमूह घटेका छन्। ब्यापार ७, विकास बैंक ४०, जलविद्युत १९, फाइनान्स ८७, निर्जीवन बीमा ६३, उत्पादन २, अन्य १ र माइक्रोफाइनानस समूह ५ अंकले घटेको छ ।

रुरु जलविद्युत कम्पनीको मूल्य सबैभन्दा धेरै ७.५ प्रतिशतले बढेको छ ।  ओरियन्टल होटल, हिमालय उर्जा विकास र युनाइटेड मोदी हाइड्रोपावरको ६ प्रतिशतले मूल्य बढेको छ। त्यस्तै, सोल्टी होटलको मूल्य ५.७ प्रतिशतले बढ्यो। 

यता सनराइज फस्ट म्युचुअल फण्डको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। त्यस्तै खानीखोला हाइड्रोको मूल्य ७.७ प्रतिशतले घटेको छ भने गुहेश्वरी मर्चेन्टको ६ प्रतिशतले मूल्य घटेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ५.७ तथा आइसिएफसी फाइनान्सको मूल्य ५.२ प्रतिशतले घटेको छ।


कस्तो लाग्यो ?

यो पनि