जेठ ०५, २०८१, शनिबार
               

४० वटा नेपाली नियोगले एक वर्षमा गरे ४ अर्ब २३ करोडभन्दा बढी खर्च

नेपाल फ्ल्यास
भदौ १५, २०७८

ADVERTISEMENT

काठमाडौं साउन २४,  विदेश स्थित नेपाली नियोगले एक वर्षको अवधिमा ४ अर्ब २३ करोड ९६ लाख ७ हजार रुपैयाँ खर्च गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार विदेशमा रहेका ३० दूतावास, ३ स्थायी नियोग र ७ महाबाणिज्य दूतावास गरी कूल ४० वटा नेपाली नियोगले गत आर्थिक वर्ष २०७७÷७८ मा उक्त खर्च गरेका हुन् ।

गत वर्ष ती नियोगहरुको लागि कूल ४ अर्ब ६७ करोड ८१ लाख २९ हजार रुपैयाँ बजेट बिनियोजन गरिएको थियो । औसतमा एक वर्षमा एउटा नियोगले साढे १० करोड रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको देखिन्छ । 


कस्तो लाग्यो ?

यो पनि