बैशाख १७, २०८१, सोमबार
               

तेह्रथुम पावरको आइपीओमा २३ लाख साढे ९६ हजार जनाको आवेदन

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको साधरण शेयर (आईपीओ)का लागि  दिनसम्ममा २३ लाख ९६ हजार ३४८ जना आवेदकबाट ३ अर्ब १२ करोड ४६ लाख ९१ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले भदौ ९ देखि १३ गते (आज) सम्मका लागि आईपीओमा आवेदन दिने मिति तोकेको थियो ।

यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ४२ गुणा बढी हो । तथापि, यो अन्तिम तथ्यांक भने नभएको बिक्री प्रबन्धकले जनाएको छ । अन्तिम भेरिफाईपछि तथ्यांक केही फरक पर्न सक्नेछ । आवेदकहरुको संख्या यति ठूलो भए पनि जम्मा ८० हजार जनालाई मात्रै यसको आईपीओ पर्नेछ । आवेदन दिएका मध्ये करिब २३ लाखकै हात रित्तो हुनेछ ।

कम्पनीले भदौ ९ गतेबाट सर्वसाधारणका लागि ८ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये ५% (४० हजार कित्ता) म्युचुअल फन्डलाई र २% (१६ हजार कित्ता) सेयर कर्मचारीलाई सुरक्षित गरेको थियो । बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । 

तेह्रथुम पावरले तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । यस आयोजनाको कुल लागत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत भने १७ करोड ८९ लाख रुपैयाँ छ । 


कस्तो लाग्यो ?

यो पनि