जेठ ०६, २०८१, आइतबार
               

एम्बुलेन्स खरिद गर्न १४ लाखभन्दा बढी सहयोग

नेपाल फ्ल्यास
भदौ १२, २०७८

ADVERTISEMENT

पाल्पा । अन्तराष्ट्रिय सहयोगी सस्ंथा रोटरी क्लब अफ पाल्पाले एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेको छ । नेपाल परिवार नियोजन सङ्घलाई एम्बुलेन्स खरिदका निम्ति १४ लाख ८९ हजार ९२० रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

एम्बुलेन्स खरिदका निम्ति चेक प्राप्ति भएपछि नेपाल परिवार नियोजन संघ जिल्ला शाखाका उपाध्यक्ष ज्योति भण्डारीले एम्बुलेन्सकै अभावमा कोही पनि नागरिकले अकालमा ज्यान गुमाउन नपर्ने बताए । जिल्लामा एम्बुलेन्सको सङ्ख्या धेरै भएपछि चाहिएका बेला नपाइने समस्याले नागरिकले सास्ती खेपेको उनले बताए । 

सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले मानव हितका निम्ति सरकारले गर्ने कार्य क्लबले गरेकोमा यस कार्यबाट केही पाठ सिक्न आवश्यक रहेको बताए । रो इन्टरनेशल डिस्टिक ३२९२ डिजिएन रोट्यट राजेन्द्रप्रसाद ध्वजुले आफूहरु समाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापित भएको बताए । 


कस्तो लाग्यो ?

यो पनि