जेठ ०६, २०८१, आइतबार
               

साहसकाे आइपीओमा मागभन्दा दोब्बर आवेदन

नेपाल फ्ल्यास
भदौ ११, २०७८

ADVERTISEMENT

आयोजना प्रभावित जिल्लाका लागि खुलेको साहस ऊर्जाको साधारण शेयर (आइपिओ)मा करिब १९ हजारको आवेदन परेको छ ।

साहस उर्जा कम्पनीले गत साउन २९ गतेदेखि स्थानीयका लागि खुला गरेको आइपीओमा आज (शुक्रबार) अर्थात अन्तिम दिनसम्म करिब १९ हजारको आवेदन परेको साहस उर्जाले जनाएकाे छ । 

३५ लाख कित्ता अर्थात ३५ करोड बराबरको रकम माग भएकोमा मागभन्दा झण्डै दोब्बर ६३ करोड अर्थात ३० करोड रुपैयाँ बढि रकमको आवेदन परेको हो । 

यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । साहसले हाल सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि