जेठ ०४, २०८१, शुक्रबार
               

साहस उर्जाकाे आइपीओमा मागभन्दा ९ लाख कित्ता बढी आवेदन

नेपाल फ्ल्यास
भदौ १०, २०७८

ADVERTISEMENT

साहस ऊर्जाको आइपिओमा हालसम्म १३ हजार २२२ जनाकाे आवेदन परेकाे छ । साहस उर्जा कम्पनीले गत साउन २९ गतेदेखि स्थानीयका लागि खुला गरेकाे आइपीओमा उक्त संख्यामा आवेदन परेकाे हाे ।

कम्पनीले सोलखुम्बु जिल्लाका आयोजना प्रभावितका लागि कूल ३५ लाख कित्ता अर्थात् ३५ करोड बराबरको सेयर जारी गरेको हो । हालसम्म ४३ लाख ७४ हजार ९०० कित्ताका लागि ४३ कराेड ७४ लाख ९० बराबरकाे आवेदन परेकाे साहस उर्जाकाे कार्यालयले जनाएकाे छ । साथै सिआस्वाबाहेक बैंकमा गएर फारम भर्नेकाे संख्या आइनसकेकाेले अझै थप हुन सक्ने कार्यालयले जनाएकाे छ । आइपिओ भर्ने अन्तिम म्याद भोलि शुक्रबारसम्म छ । 

लगानीकर्ताले सोलखुम्बु जिल्लामा रहेको ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेन्टको बैंकको लुक्ला शाखा, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा, माछापुच्छ्रे बैंकको, सल्लेरी शाखा तथा प्राइम कमर्शियल बैंकको रमिते शाखाबाट आवेदन दिन सक्नेछन् ।  

यसैगरी लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फतबाट पनि सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । साहसले हाल सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि