जेठ ०६, २०८१, आइतबार
               

चन्द्र ढकालले धितोपत्र बोर्डको सदस्यबाट दिए राजीनामा

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

नेपाल धितोपत्र बोर्डको सदस्यबाट चन्द्र ढकालले राजीनामा दिएका छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट बोर्ड सदस्य बनेका थिए ।

आफूले महासंघमार्फत नै धितोपत्र बोर्डबाट राजीनामा दिएको ढकालले बताए ।सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हिजो मात्रै राजीनामा दिएका थिए । यस प्रकरणमा ढकालको नाम पनि जोडिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघले उनको स्थानमा अर्को व्यक्तिलाई बोर्डको सदस्यका रुपमा पठाउने बताइएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि