जेठ ०४, २०८१, शुक्रबार
               

आज नेप्से र कारोबार रकम दुवै घट्यो

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

सेयर बजारमा गिरावट आएको छ । नेप्से सूचकसँगै खरिदबिक्री रकमसमेत आज घटेकाे हाे । बुधबार नेप्से सूचक ४८.४२ अंकले घटेर ३०७६.४४ विन्दुमा आइपुगेको छ । मंगलबार १६ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम साढे १२ अर्ब ९ करोडमा झरेको छ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । बैंकिङ समूहको शेयर साढे २९ अङ्कले, व्यापारको ४१, होटल समूहको ५१ र विकास बैंक समूहको शेयर एक सय ६५ अङ्कले घटेको छ । यस्तै फाइनान्सको २१, माइक्रोफाइनान्सको ५७, जीवन बीमा समूहको तीन सय ५४, निर्जीवन बीमा समूहको चार सय २२ अङ्कले, उत्पादनको एक सय ६२ र अन्य समूहको शेयर ३३ अङ्कले घटेको छ ।

आज जीवन विकास लघुवित्त र आइसिएफसि फाइनान्सको भाउमा भने सकारात्मक सर्किट लागेको छ । २२७ कम्पनीको १ करोड ९५ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकममा ४८ करोड ७१ लाख रुपैयाँभन्दा बढीसहित अरुण काबेली पहिलो नम्बरमा छ । 


कस्तो लाग्यो ?

यो पनि