जेठ ०६, २०८१, आइतबार
               

आजदेखि  तेह्रथुम पावर कम्पनीको आईपीओ बिक्री खुल्यो

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । आजदेखि  तेह्रथुम पावर कम्पनीले लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणको लागि कुल ८ लाख कित्तामध्ये ५ प्रतिशत (४० हजार कित्ता) म्युचुअल फन्डलाई र २ प्रतिशत (१६ हजार कित्ता) सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । 

बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा भदौ १३ गतेसम्म आवेदन दिन सकिन्छ ।

उक्त समयसम्म सबै आईपीओ बिक्री नभएमा भने भदौ २३ गतेसम्म खुला रहनेछ । तेह्रथुमको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । 

प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ भर्न सकिन्छ। यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । मेरो सेयर एपमार्फत अनलाइन आवेदन पनि दिन सकिने सो संस्थाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि