जेठ ०४, २०८१, शुक्रबार
               

आज ५६ अंकले घट्यो नेप्से

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

 ३२ सय भन्दा माथिको उच्चतम विन्दु छोएपछि नेप्सेमा करेक्सन आएको छ । सूचक मंगलबार ५६.०३ अंकले घटेको छ । तर खरिदबिक्री रकम भने औसतमा राम्रो रहेको छ । 

आज फाइनान्स र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको शेयर दुई सय ४४ अङ्कले, जलविद्युतको शेयर दुई सय ३२ अङ्कले घटेको छ । यस्तै बैंकिङ समूहको शेयर दुई सय दुई अङ्कले, व्यापारको ६२, होटलको १७, उत्पादनको एक सय ५७, अन्यको ३०, माइक्रोफाइनान्सको ३१ र जीवन बीमा समूहको शेयर एक सय ४३ अङ्कले घटेको छ । 

आज १६ जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेको सूचीको सुरुका ३१ कम्पनी जलविद्युत् समूहकै परेका छन् । समग्र बजार घटे पनि गुराँस फाइनान्स र जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

२२५ कम्पनीको २ करोड ५३ लाख १६ लाखभन्दा बढी कित्ता सेयर १६ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो पावरको ७५ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।  


कस्तो लाग्यो ?

यो पनि