जेठ ०६, २०८१, आइतबार
               

भारतीय पूर्वाधार कम्पनीहरूसँग नेपालमा उपलब्ध अवसरबारे अन्तरक्रिया

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

भारतीय राजदूतावासले नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसरबारे भारतीय उद्योग परिसंघ (सीआईआई) तथा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उपस्थितिमा पूर्वाधार क्षेत्रसँग सम्बन्धित प्रमुख भारतीय कम्पनीहरूसँग सोमबार भर्चुअल अन्तर्क्रिया गरेको छ ।

कार्यक्रममा भारतीय दूतावासले पूर्वाधार क्षेत्रबारे जानकारी गराएको थियो । भारतीय राजदूतावासका नियोग उपप्रमुख श्रीमती नामग्य खम्पाले कार्यक्रमका सहभागीलाई सम्बोधन गरेकी थिइन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले छलफल एवं प्रश्नोत्तरको गरेका थिए । कार्यक्रमको सञ्चालन जीएमआर इनर्जीका प्रमुख कार्यकारी अधिकृत एसएन बर्देले गरेका थिए ।

कार्यक्रममा नियोग उपप्रमुख खम्पाले नेपाल-भारतको विशेष साझेदार तथा सबैभन्दा महत्त्वपूर्ण छिमेकी भएको चर्चा गर्दै भारतको एकीकृत दक्षिण एसियाली क्षेत्रको लक्ष्यलाई अघि बढाउन नेपाल प्रमुख सहयोगीको रूपमा रहेको उल्लेख गरिन् ।

खम्पाले आर्थिक विकासका लागि नेपालले गरेको प्रयासमा पूर्वाधार क्षेत्रको ठूलो भूमिका रहेको जनाइन् । यस क्षेत्रको बढ्दो अवसरबारे चर्चा गर्दै खम्पाले नेपाललाई प्राथमिकताको सूचीमा राखी नेपालमा उपलब्ध अवसरबाट लाभ लिन भारतीय कम्पनीहरूलाई सुझाव पनि दिइन् ।

भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव शर्माले भारतीय कम्पनीहरूलाई लगानीका लागि स्वागत गर्दै पूर्वाधार क्षेत्रमा बोलपत्रको मात्रा, दायरा र प्रकृतिबारे जानकारी दिएका थिए । उनले फन्डिङ मोडालिटी, जोइन्ट भेन्चर र अन्य विषयहरूमा सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । त्यस्तै उनले परियोजनाको मापदण्ड अनुरूप उपयुक्त हुने स्थानीय साझेदारहरूसँग सम्बन्ध विस्तार गर्न सहभागीहरूलाई प्रोत्साहित पनि गरेका थिए ।

केही वर्षयता भारतीय पूर्वाधार कम्पनीहरूले भारतभित्र तथा भारत बाहिर प्रमुख परियोजनाहरूको विकास गर्दै गुणस्तरीय निर्माण, समयावधि भित्रै काम सम्पन्न तथा मूल्य प्रतिस्पर्धाका लागि छुट्टै पहिचान बनाएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

दूतावासका अनुसार भारतीय पूर्वाधार कम्पनीहरूलाई नेपालमा वृद्धि भइरहेका पूर्वाधार क्षेत्रप्रति आकर्षित गरी नेपालका साझेदारहरूसँग हातेमालो गर्दै प्रविधि, सीप र ज्ञान आदानप्रदान गर्ने उद्देश्यले अन्तर्क्रिया आयोजना गरिएको हो । 


कस्तो लाग्यो ?

यो पनि