बैशाख २३, २०८१, आइतबार
               

कोरोनाको बहानामा ढुंगा गिट्टी व्यवसायीलाई ६० करोड कर छुट

नेपाल फ्ल्यास
भदौ ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । देशभरका ६० वटा स्थानीय तहले कोरोना महामारीको कारण देखाउँदै ६० करोड कर छुट दिएको खुलेको छ । ढुंगा गिट्टी व्यवसायीलाई महामारीको नाममा आफूखुसी ठूलो रकम कर छुट दिएको खुलेको हो ।

महालेखाको ५८ औं प्रतिवेदनले स्थानीय तहले कार्यपालिका एवं सभाको निर्णयको आधारमा यस्तो छुट दिएको देखाएको हो । कोभिडको कारण छुट पाउनेमा ढुंगा, गिट्टी, बालुवा संकलन तथा बिक्री गर्न ठेक्का व्यवसायी छन् ।

ठेक्का सम्झौता गर्दा दैनिक संकलन गर्न सक्ने परिणाम नखुलाएको एवं सम्झौता बमोजिम संकलन र बिक्री गरेको अभिलेख नराखेको अवस्थामा कर छुट दिनु मानसीव नदेखिएको महालेखाले बताएको छ । यसरी छुट दिएको रकम असुल गर्नुपर्ने समेत महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि