बैशाख २३, २०८१, आइतबार
               

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट

नेपाल फ्ल्यास
भदौ ०७, २०७८

ADVERTISEMENT

मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बिहान बाँडफाँट भएकाे छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसारआज बाँडफाँट भएकाे हाे । 

मनुषीकाे आइपीओमा २४ लाख ३ हजार ५५ जना आवेदकबाट कुल ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

 तीमध्ये २३ लाख ५४ हजार ७८४ आवेदकबाट माग भएको २ करोड ९५ लाख ७४ हजार ७५० कित्ता सदर भएको छ। बाँकी ७ हजार ४३ आवेदकबाट माग भएको ८० हजार ७१० कित्ता सेयर बदर भएको छ।  

यो आईपीओमा गोलाप्रथाबाट ३६ हजार ८५९ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये भाग्यमानी ३ जनाले गोलाप्रथाबाट थप १/१ कित्ता सेयर पाउनेछन्। 

यो हिसाबले यस आईपीओमा २३ लाख १७ हजार ८८९ आवेदकको हात खालि भएको छ। मानुषीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ बिक्री खुला गरेको हो । 


कस्तो लाग्यो ?

यो पनि