बैशाख २३, २०८१, आइतबार
               

समस्याग्रस्त संस्थामा कोषको ७३ करोड लगानी

नेपाल फ्ल्यास
भदौ ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । नागरिक लगानी कोषको ७३ करोड ६४ लाख रुपैयाँ लगानी जोखिमयुक्त भएको पाइएको छ । महालेखा नियन्त्रकको कार्यालयको प्रतिवेदनले लगानीको झण्डै आधा हिस्सा जोखिमयुक्त भएको देखाएको हो ।

कोषले आर्थिक वर्ष २०७६/७७ सम्ममा देशभरका वित्तीय संस्थामा कुल एक अर्ब ५२ करोड ८७ लाख रुपैयाँ लगानी गरेको छ । यसमध्ये ७३ करोड रुपैयाँ लगानी समस्याग्रस्त वित्तीय संस्थामाथि रहेको प्रतिवेदनले देखाएको छ ।

उक्त जोखिमयुक्त लगानी यथाशीघ्र असुल गर्नुपर्ने महालेखाले बताएको छ । कोषले लगानी नीति तथा आधार तयार नगरी सञ्चालक समितिको बैठकको पटके निर्णयको आधारमा लगानी गर्दा जोखिम बढेको हो ।


कस्तो लाग्यो ?

यो पनि