बैशाख २४, २०८१, सोमबार
               

‘उस्मान अली बचाऊ’अभियानमा २३ लाख संकलन

नेपाल फ्ल्यास
भदौ ०५, २०७८

ADVERTISEMENT

तनहुँ । शुक्लागण्डकी नगरपालिका–५ निवासी ९ महिने बालक उस्मान अलीको उपचारका लागि रकम जुट्ने क्रम जारी रहेको छ । विश्वकै दुर्लभ रोगमध्येको एसएमए (इस्पाइनल मस्कुलर एट्रोफी) रोगबाट ग्रसित बालकको उपचारका लागि सहयोग रकम जुट्न थालेको हो । 

बालकको उपचारको लागि हालसम्म करिब २३ लाख रुपैयाँ संकलन भइसकेको बालकका मामा अप्पु मियाँले जानकारी दिए । भान्जाको उपचारका लागि सबै क्षेत्रबाट सक्रिय भएर आर्थिक संकलन कार्य भइरहेकाले नयाँ जीवन पाउने आशा पलाएको उनले बताए । उक्त रोगको उपचार नेपालमा नहुने र उपचारका लागि विदेश लैजानुपर्ने हुँदा खर्चिलो हुने बताइएको छ । 

यस रोगको उपचारका लागि जोल्जेन्स्मा नामक औषधि दिइने र यो औषधि विश्वकै महँगो पर्ने बताइएको छ । विश्व बजारमा यसको मूल्य अमेरिकी २.१ मिलियन डलर अर्थात् झण्डै २६ करोड रुपैयाँ पर्ने हुँदा यसको उपचार सामान्य नेपालीको पहुँचभन्दा बाहिर छ ।

जिल्लाका युवायुवती तथा देश विदेशमा रहेका नेपालीको सक्रियतामा उक्त रकम संकलन भएको हो । जिल्लाको दुलेगौडा, खैरेनीटार, दमौली डुम्रेलगायतका स्थानमा घरदैलो गरी रकम संकलन गर्ने कार्य भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि