बैशाख २३, २०८१, आइतबार
               

नेपाल सरकारको तिर्न बाँकी ऋण सवा १४ खर्ब रुपैयाँ

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

नेपाल सरकारको सार्वजनिक ऋण १४ खर्ब रुपैयाँ पुगेको छ । महालेखाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल सरकारको कूल ऋण १४ खर्ब १९ अर्ब ८७ करोड रुपैयाँ पुगेको हो । 

जुन आर्थिक वर्ष २०७७ को असार मसान्तसम्मको मात्रै तथ्यांक हो । महालेखाका अनुसार कुल ऋणमध्ये ८ खर्ब ६ अर्ब १४ करोड रुपैयाँ बाह्य र ६ खर्ब १३ अर्ब ७३ करोड रुपैयाँ आन्तरिक हाे । आर्थिक वर्ष २०७६/०७७ सम्म सरकारको बेरुजु रकम ४ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । 

प्रतिवेदनका अनुसार संघीय कार्यालयको ४४ अर्ब ३९ करोड २१ लाख,  प्रदेशको ६ करोड ४९ लाख र स्थानीय तहको ४० करोड ८३ लाख रुपैयाँ बेरुजु भएको हो ।


कस्तो लाग्यो ?

यो पनि