बैशाख २४, २०८१, सोमबार
               

साहस उर्जाकाे आइपीओमा ५५ सय जनाकाे आवेदन

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

साहस ऊर्जाको आइपिओमा हालसम्म ५ हजार ५६० जनाकाे आवेदन परेकाे छ । साहस उर्जा कम्पनीले गत साउन २९ गतेदेखि स्थानीयका लागि खुला गरेकाे आइपीओमा उक्त संख्यामा आवेदन परेकाे हाे ।

कम्पनीले सोलखुम्बु जिल्लाका आयोजना प्रभावितका लागि कूल ३५ लाख कित्ता अर्थात् ३५ करोड बराबरको सेयर जारी गरेको हो । हालसम्म १२ लाख ६० हजार कित्ताका लागि १२ कराेड ६० लाख बराबरकाे आवेदन परेकाे साहस उर्जाकाे कार्यालयले जनाएकाे छ । 

लगानीकर्ताले सोलखुम्बु जिल्लामा रहेको ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेन्टको बैंकको लुक्ला शाखा, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा, माछापुच्छ्रे बैंकको, सल्लेरी शाखा तथा प्राइम कमर्शियल बैंकको रमिते शाखाबाट आवेदन दिन सक्नेछन् ।  

यसैगरी लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फतबाट पनि सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । साहसले हाल सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि