बैशाख २५, २०८१, मंगलबार
               

सम्मानजनक रूपमा बाहिरिएको बताएका हितेन्द्र किन गए अदालत ?

नेपाल फ्ल्यास
साउन ३२, २०७८

ADVERTISEMENT

योग्यताअनुसार सरकारले दिने जुनसुकै जिम्मेवारी सम्हाल्न तयार रहेको भनेर पत्रकार सम्मेलन गरेका नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य सो पद पुनः पाउन अदालत गएका छन् ।

शाक्यसँग सहमतिपछि एक साताअघि प्राधिकरणको कार्यकारी निर्देशकमा यसअघि कुशल परफरमेन्स गरेका कुलमान घिसिङलाई नियुक्ति गरिएको थियो ।

शाक्यले मान रहने गरी व्यवस्थापन चाहेपछि उनलाई विशिष्ट श्रेणीको सचिव सरहको जल तथा ऊर्जा आयोगको विज्ञ सदस्यमा नियुक्त गरिएको थियो । शाक्यकै लागि विज्ञको पद सिर्जना गरेर प्राधिकरण कार्यकारी निर्देशकले खाइपाइ आएको सेवा सुविधा उपलब्ध गराइएको थियो ।

शाक्यले प्राधिकरणबाट बिदा हुने बेलामा उच्च पदस्थ अधिकारीहरूसँग आफू सम्मानजनक स्थानमा जान लागेको बताएका थिए ।

सम्मानजनक ठाउँमा जान लागेको बताएका हितेन्द्रको मन एक सातामै फेरिएको छ । नियुक्तिसँगै सरकारको लोकप्रियता बढेको र अघिल्लो कार्यकालको कामलाई लिएर फेरि कुलमानको प्रशंसा चुलिएको थियो । यसबीचको राजनीतिक 'चलखेल'ले शाक्यलाई अदालतसम्म पुर्‍याएको अनुमान प्राधिकरणका अधिकारीहरूको छ ।

शाक्यले सोमबार दायर रिटमा सरकारले जबरजस्ती हटाएको दाबी गर्दै थमौतीका लागि अन्तरिम आदेश माग गरेका छन् । 

कुलमानले १८ घण्टा लामो लोडसेडिङ अन्त्यका थिएनन्, उनको चार वर्षे कार्यकालमा प्राधिकरण ३५ अर्ब घाटाबाट १५ अर्ब नाफामा पुगेको थियो । विद्युत् चुहावट २६ बाट १५ प्रतिशतमा झरेको थियो ।

शाक्यले कार्यभार सम्हालेको एक वर्षमा १२ अर्ब रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य लिइएकोमा त्यो तीन अर्बमा सीमित भएको छ ।

 

यो पनि