जेठ ०४, २०८१, शुक्रबार
               

सेयर बजारमा रेकर्ड कायम

नेपाल फ्ल्यास
साउन ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । आइतबार सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । सेयर कारोबार रकम २० अर्ब नाघेर ऐतिहासिक रेकर्ड कायम भएको हो । नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले यसअघि अघि १९ अर्ब ५० करोडमा रहेको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम भएको बताए । चालु आर्थिक वर्षका लागि गत शुक्रबार राष्ट्र बैंकको मौद्रिक नीतिले सेयर बजारमा नयाँ रेकर्ड कायम भएको हो ।

मौद्रिंक नीतिले सेयर धितोमा जाने ऋणको सीमा अधिकतम १२ करोड तोकिदिएको छ भने सेयर मूल्यांकनको ७० प्रतिशतसम्म ऋण पाउन सकिने विद्यमान व्यवस्थालाई निरन्तरता दिएको छ । मौद्रिक नीति पछिको पहिलो कारोबार आइतबार नेप्से परिसूचक भने घटेको छ ।

 कारोबार खुलेको केही मिनेटसम्म नेप्से परिसूचक बढेको थियो । पछि पुनः घट्न सुरु भएको नेप्से परिसूचक कारोबार बन्द हुँदा पनि घटेरै बन्द भएको छ । आइतबार माइक्रोफाइनान्स र उत्पादन मूलक कम्पनीहरु रहेको समूहगत सबइन्डेक्स बढेर हरियो देखिएको छ भने बाँकी सबै घटेका छन् । नेप्से परिसूच घटे पनि कारोबार रकममा भने उत्साह देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि