बैशाख २४, २०८१, सोमबार
               

मौद्रिक नीति : सहुलियत कृषि कर्जा ४६ हजार ५७ लाई

नेपाल फ्ल्यास
साउन २९, २०७८

ADVERTISEMENT

वाणिज्य बैंकले आगामी दुई वर्षपछि कृषि कर्जामा पाँच प्रतिशतले लगानी वृद्धि गर्नुपर्ने भएको छ । यस अघि राष्ट्र बैंकले १० प्रतिशत अनिवार्य गरेको थियो । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज प्रस्तुत गरेको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकले २०८० मा कूल कर्जाको १५ प्रतिशत बजेट कृषि क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था छ । 

आर्थिक वर्ष २०७८ को असार मसान्तसम्म ११ प्रतिशत लगानी गर्दा कृषि तथा पशुपन्छीका क्षेत्रमा चार खर्ब २५ अर्ब ८३ करोड लगानी गरिएको मौद्रिक नीतिमा उल्लेख छ । 

आर्थिक वर्ष २०७८/७९ को बजेट पेश भएको ६० दिनपछि राष्ट्र बैंकका गभर्नर अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेकाे हो । नयाँ सरकार गठनसँगै साझा कार्यक्रम घोषणा भएपछि राष्ट्रबैंकलाई मौद्रिक नीति सार्वजनिक गर्न बाटो खुलेको हो । 

आर्थिक वर्ष २०७८/०७९को कृषि बजेट गत आर्थिक वर्षभन्दा झन्डै २० प्रतिशतले बढी छ । गत आर्थिक वर्ष २०७७/०७८ मा ३७ अर्ब ४० करोड २० लाख छुट्टाइएको थियो भने चालू आर्थिक वर्षका लागि कृषि क्षेत्रमा ४५ अर्ब नौ करोडको बजेट विनियोजन गरिएको छ ।

विनियोजन गरिएको बजेटमा रासायनिक मलसमेत पर्दछ । चालू आर्थिक वर्षका लागि रासायनिक मलका लागि १२ अर्ब विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा रासायनिक मलका लागि ११ अर्ब विनियोजन भएको थियो । कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणमार्फत आगामी पाँच वर्षभित्र नेपाललाई कृषिमा आत्मानिर्भर बनाइने बजेटमार्फत घोषण भएको थियो । 

उत्पादन अभिवृद्धि, रोजगार सिर्जना, र उद्यमशीलता विकासका लागि नेपाल सरकारको व्याज अनुदानमा २०७८ को असार मसान्तसम्म ४६ हजार ५७ व्यक्ति लाभान्वित भएका छन् । उनीहरूले कूल एक खर्ब छ अर्ब ९८ करोड सहुलियत पूर्णकर्जा प्राप्त गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि