बैशाख २३, २०८१, आइतबार
               

बैंकहरूमा तरलता अभावले हाहाकार

नेपाल फ्ल्यास
साउन २८, २०७८

ADVERTISEMENT

बैंकिङ प्रणालीमा पछिल्लो दुई दिनदेखि तरलताको चरम अभाव देखिएको छ । बैंकिङ प्रणालीमा ६० अर्बको तरलता रहेकोमा पछिल्लो चार दिनमै ४ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएकाले बैंकमा तरलता अभाव भएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार १५ दिनअगाडिसम्म करिब  ६० अर्बभन्दा बढी तरलता रहेकोमा मंगलबारसम्ममा ५९ अर्ब १२ करोड रुपैयाँले घटेर ४ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ। त्यस्तै बैंकिङ प्रणालीमा अनिवार्य तरलता अनुपात (सीआरआर) ३ प्रतिशत कायम गर्ने रकमसमेत अभाव भएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार साउन २२ गतेसम्म ६१ अर्ब घटेको तथ्यांकमा देखिए पनि त्यसपछिको उल्लेख छैन । पछिल्लो एक सातामा बैंकिङ प्रणालीबाट निक्षेप अझै घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। बैंकिङ प्रणालीमा तरलताको हाहाकार बढ्दै गएपछि बैंकहरुको आपसी सापटी कारोबार (अन्तर बैंक) ब्याजदरसमेत करिब ४ प्रतिशतले बढेको छ ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) घटबढ हुनु स्वाभाविक प्रक्रिया हो । तर नयाँ आर्थिक वर्ष लागेसँगै बैंकहरुको स्रोत संकलन घट्दा तरलतामा चाप परेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

यो अवधि सरकारले शतप्रतिशत राजस्व उठाएको र त्यसमा बैंकहरुबाट  पनि राजस्वमा रकम गएकाले तथा बैंकहरुले अनिवार्य नगद मौज्दात (सीआरआर) मा व्यवस्थापन गर्न समस्या हुँदा अन्तरबैंक कारोबार बैंकहरुले बढाएकाले ब्याजदर पनि बढेको उनको भनाइ छ ।

अहिले बैंकहरुले राष्ट्र बैंकमा राख्नुपर्ने सीआरआर नपुग्दा अन्तर बैंक सापटी लिन थालेका छन् । अहिले बैंकहरूमा तरलता बढेर पैसाको माग बढेको छ । माग बढेपछि ब्याजदर स्वभाविक रुपमा नै बढ्छ । । 


कस्तो लाग्यो ?

यो पनि