बैशाख २३, २०८१, आइतबार
               

तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
साउन २८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य वृद्धि भएको छ ।

बुधबार प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ६०० रुपैयाँ बढेर प्रतितोला ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बिहीबार तेजाबी सुन प्रतितोला ८८ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । 

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि