बैशाख २३, २०८१, आइतबार
               

नेप्सेमा झिनो सुधार, कारोबार रकम १५ अर्ब ४५ करोड

नेपाल फ्ल्यास
साउन २७, २०७८

ADVERTISEMENT

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । मङ्गलबार उच्च अङ्कले बढेको नेप्से आज भने सुस्ताएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ०.९४ बिन्दुले बढेर नेप्से तीन हजार १६२.५९ मा पुगेको छ । 

 यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३८ बिन्दुले घटेर ५८५.७१ मा पुगेको छ । कूल २३० कम्पनीको दुई करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर रु १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

बैंकिङ १४.१७, व्यापार ४९.६५, विकास बैंक ४१.२, वित्त १९.६६, उत्पादन ३.८४, अन्य १२.४३, सामूहिक लगानी कोष ०.११ र लगानी १.०३ बिन्दुले घटेको छ । यस्तै, होटल तथा पर्यटन १०२.९१, जलविद्युत् १४४.७९, निर्जीवन बीमा ७.९९ र जीवन बीमा १०.०५ बिन्दुले बढेको छ ।

 कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको ६८ करोड ३० लाख ७१ हजार ७०१ बराबरको कारोबार भयो । यस्तै, अरुण भ्याली हाइड्रोपावर ५७ करोड ३७ लाख ७० हजार ६७९, अरुण काबेली पावर ५६ करोड १२ लाख ९३ हजार, अपि पावर कम्पनी ५३ करोड १७ लाख ४५ हजार ३८७ र आइसिएफसी फाइनान्स र ५१ करोड ५१ लाख १३ हजार ३४४ बराबरको कारोबार भई शीर्षस्थानमा रहे ।


कस्तो लाग्यो ?

यो पनि