बैशाख २३, २०८१, आइतबार
               

कुलमानले बुझे नियुक्तिपत्र, पदबहाली आजै

नेपाल फ्ल्यास
साउन २७, २०७८

ADVERTISEMENT

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिको पत्र कुलमान घिसिङले बुझेका छन् । उनी आजै प्राधिकरणमा पदबहाली गर्दै छन् ।

 

ऊर्जा मन्त्रालयमा मन्त्री पम्फा भुसालको उपस्थितिमा कुलमानले पत्र बुझेका हुन् । उनलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरिएको पत्र ऊर्जा सचिव देवेन्द्र कार्कीले दिएका हुन् ।

मन्त्रिपरिषद् बैठकले सोमबार नै नियुक्ति गरे पनि आवश्यक कागजी प्रक्रिया र निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको व्यवस्थापनका कारण निर्णय सार्वजनिक गरिएको थिएन ।

कुलमानले आफ्नो कार्यकालमा मुलुकमा १८ घण्टाको लोडसेडिङ अन्त्य गरेपछि उनको सर्वत्र प्रशंसा भएको थियो । कुलमान नियुक्त हुँदा प्राधिकरणको सञ्चित घाटा ३५ अर्ब रुपैयाँ थियो । कुलमानले वार्षिक १२ अर्ब रुपैयाँभन्दा बढी मुनाफामा पुर्‍याएर प्राधिकरणलाई सबैभन्दा बढी नाफा कमाउने सरकारी संस्थानमा परिणत गरेका थिए ।

पछिल्लो एक वर्षमा प्राधिकरणको ११ अर्बभन्दा बढी नाफाको लक्ष्य भए पनि तीन अर्बमा सीमित हुने प्रक्षेपण छ । यसबीचमा विद्युत् चोरी र चुहावट उल्लेख्य रूपमा बढेको छ । कुलमानले आफ्नो पहिलो कार्यकालमा विद्युत् चुहावट नियन्त्रण २६ बाट १५ प्रतिशतमा झारेका थिए ।

यो पनि