बैशाख २२, २०८१, शनिबार
               

धादिङमा चर्छन् चितवनका माहुरी

नेपाल फ्ल्यास
साउन २६, २०७८

ADVERTISEMENT

वर्षाको समय चरन क्षेत्र नभएपछि चितवनका माहुरी किसान माहुरी चराउन धादिङको गजुरी र गल्छी आइपुगेका छन् । माहुरीलाई चाहिने फूलको रस नभएका कारण माहुरीको घार बोकेर किसान धादिङको गजुरी गाउँपालिकाको बन्सेटारमा आएको हुन् । बन्सेटार र गल्छी गाउँपालिकाको बैरेनीमा बाँझो जग्गा भाडामा लिएर माहुरीको घार राखिएको छ । 

चितवनमा विगत १८ वर्षदेखि माहुरीपालन गर्दै आउनुभएका ७० वर्षीय अशोक बस्नेत अझै जोस् र जाँगरका साथ माहुरी चराउँदै हिँडिरहेका छन् । उनीसँगै अर्जुन कार्की, सुरेश बस्नेत र कुमार कार्कीसमेत ४५० घार माहुरी लिएर चराउन आएको छ । धादिङमा मेलिफेरा जातको माहुरीका लागि उपयुक्त स्थान भएकोले माहुरी चराउन ल्याएको बन्सेटारमा भेटिनुभएका अर्जुनले बताए । धादिङमा चराउन ल्याइएका माहुरी भदौसम्म राखिने उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि