जेठ ०६, २०८१, आइतबार
               

जगदम्बाद्वारा टीभीएस ड्युराम्याक्स प्लस ट्याम्पु सार्वजनिक

नेपाल फ्ल्यास
साउन २६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपालको लागि टीभीएस थ्री ह्विलरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले थ्री ह्विलर मै पहिलोपटक सबैभन्दा दमदार पावर रहेको टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो  डीलर पार्टनरहरु माझ टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको हो ।

सार्वजनिक सवारी साधनको रुपमा संचालन गर्न योग्य यो थ्री ह्विलर सवारी साधन नेपालको लागि अत्यन्त उपयुक्त रहेको कम्पनीको दावी छ । बिक्री पश्चात नेपालमै सम्पूर्ण पार्ट पूर्जाहरु पाइने यो टीभीएस ड्युराम्याक्सको हालको बजार मूल्य ५ लाख ८९ हजार ९ सय कायम गरिएको कम्पनीले जनाएको छ ।

टीभीएस ड्युराम्याक्स प्लस थ्री ह्विलरको इन्जिन ४ स्ट्रोक र लिक्वीड कूल्ड प्रविधिको छ । सर्वाधिक शक्तिशाली २२५ सीसीको दमदार इन्जिन जडित यो थ्री ह्विलर इलेक्ट्रिक तथा हातको मद्दत दुवै प्रकारले स्टार्ट गर्न सकिन्छ । 

टीभीएस ड्युराम्याक्स प्लस थ्री ह्विलरकोे प्रति लिटर ३०+२ कीमी माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ । प्रविधि, सुरक्षा, लागत तथा मर्मत सम्भार हर दृष्टिबाट अत्यन्त अनुकूल यो सवारी साधनका धनीहरुले आफ्नो लगानीको उचित फाइदा पाउन सहज हुने पनि उनको दावी छ ।
 


कस्तो लाग्यो ?

यो पनि