जेठ ०५, २०८१, शनिबार
               

नेपालमा बनेको मार्सी बियर बजारमा

नेपाल फ्ल्यास
साउन २५, २०७८

ADVERTISEMENT

नेपालकाे हिमाली भेग जुम्लामा फलेको मार्सी चामलले बनेको मार्सी बियर बजारमा आएकाे । मार्सी बियर नामले मात्रले नेपाली उत्पादन नभई यहाँकै मेहनतले उत्पादन गरिएकाे कम्पनीले जनाएकाे छ । कम्पनीकाे दाबी अनुसार स्वाद र अनुभवमा पनि नेपाली नै छ । 

“मार्सी चामल”को चौतर्फी चर्चा र ग्राहकहरूको मागसँगै नै सोही मार्सी चामलले नै बनेको मार्सी बियर अब मार्सी प्रिमियम, मार्सी स्ट्रङ्ग र मार्सी झ्याप गरी तीन प्रकारमा बजारमा ल्याइएकाे कम्पनीले जनाएका छ । 

मार्सी बियर ३३० मिलि र ६५० मिलि बोटलहरूमा उपलब्ध हुनेछ । मार्सी बियर टाइगर्स ब्रुअरीले बजारमा ल्याएकाे हाे । मार्सी बियरलाई रोस्ट गरिएको अन्नबाट उत्पादन गरिएको छ । जुम्लाको चिसो मौसममा फलेका गुणस्तरीय चामललाई रोस्ट गरिएका कारण मार्सी बियरको स्वाद बजारमा उपलब्ध अन्य बियरहरूभन्दा निकै स्वादिलो रहेकाे कम्पनीले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि