जेठ ०५, २०८१, शनिबार
               

मौद्रिक नीति यसै साता सार्वजनिक हुँदै

नेपाल फ्ल्यास
साउन २५, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकार परिवर्तनका कारण सार्वजनिक हुन नसकेको मौद्रिक नीति यहीँ साताभित्रमा सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी शुक्रबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी सकेको हो ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो साताभित्रमा मौद्रिक नीति सार्वजनि गर्ने तयारी रहेको बताए । आन्तरिक तयारी पुरा नभएक कारण केही ढिला हुन गएको उनको भनाई छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि समेत सघाउँ पुग्ने गरी केन्द्रीय बैंकले हरेक वर्ष मौद्रिक नीति तर्जुमा गरेर सार्वजनिक गर्ने गरेको छ । साउन पहिलो साता नै नीति सार्वजनिक गर्ने गरी राष्ट्र बैंकले तयारी समेत गरेको थियो ।

 

यो पनि