जेठ ०४, २०८१, शुक्रबार
               

सानिमा लाइफको आईपीओ भर्ने म्याद आज

नेपाल फ्ल्यास
साउन २४, २०७८

ADVERTISEMENT

सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि निष्काशन गरेकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन हाे । 

कम्पनीले साउन २० गतेदेखि कूल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर जारी गरेकाे हाे । 

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता नै सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्टाएको छ ।

पछिल्लो समय आइपीओमा आवेदन गर्नेको संख्या २१ लाख हराहरी पुगिसकेका छन् । त्यस अनुसार कम्पनीको आईपीओमा पनि मागभन्दा बढी आवेदन परिसकेकाे छ । 

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार शुक्रबार दिउसो साढे ३ बजेसम्म १९ लाख १८ हजार जना आवेदकले २ करोड ९९ लाख ८३ हजार कित्ताका लागि आवेदन दिएका छन् । उक्त आवदेन २ अर्ब ९९ करोड ८३ लाख रुपैयाँ बराबरको छ ।

यसअनुसार गोलाप्रथाबाट ५ लाख ४० हजार जनाले मात्रै न्यूनतम १० कित्ता शेयर पाउनेछन् । 


कस्तो लाग्यो ?

यो पनि