जेठ ०५, २०८१, शनिबार
               

मेरो राजीनामा मागिएको होइन : हितेन्द्रदेव शाक्य

नेपाल फ्ल्यास
साउन २०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफ्नो राजीनामा माग नगरेको स्पष्ट पारेका छन् ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको स्थानमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएको खबर प्रधानमन्त्रीको सचिवालयबाटै सार्वजनिक भएको थियो ।

त्यसको भोलिपल्ट पत्रकारहरुसँग कुरा गर्दै शाक्यले सरकारले आफ्नो राजीनामा नमागेको बरु वैकल्पिक कुन जिम्मेवारी दिन सकिन्छ भन्नेबारे कुरा गरेको बताएका छन् । ‘मेरो क्षमता, अनुसार अहिलेसम्मको दक्षता अनुसार मलाई जहाँ जिम्मेवार दिए पनि सरकारले खटाएको ठाउँमा काम गर्न कुनै गाह्रो छैन’ उनले भने ।

उनले आफू अपमानजनक तरिकाबाट नभई सम्मानजनक रुपमा अहिलेको पदबाट बाहिरिन तयार रहेको संकेत समेत गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि