जेठ ०४, २०८१, शुक्रबार
               

आज पनि नेप्से दोहोरो अंकले बढ्यो

नेपाल फ्ल्यास
साउन २०, २०७८

ADVERTISEMENT

बुधबार नेप्से सूचकले नयाँ रेकर्ड ब्रेक गरेकाे छ । नेप्से सूचक १२.०५ अंकले बढेर ३१२३.१५ विन्दुमा आइपुगेको छ । १५ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

विकास बैंक र फाइनान्स समूहमा तेजी आएको छ । असार महिनाभर निकै सुस्त बनेको बजार साउन लागेपछि अघि बढ्न थालेको हो । आज २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । १३ मध्ये ६ समूहको सूचक वृद्धि भएको छ । हाइड्रोपावर समूह ५.८१ प्रतिशतले वृद्धि भएको छ । १० कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ ।

यसरी बढ्नेमा अधिकांश हाइड्रोपावर कम्पनीहरू छन् । ७९ करोड ५० लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अपि पावर अग्रस्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि