जेठ ०५, २०८१, शनिबार
               

सेयर बजारमा बैंकिङ लगानी गएको छैन : राष्ट्र बैंक

नेपाल फ्ल्यास
साउन २०, २०७८

ADVERTISEMENT

काठमाडाैं । आमलगानीकर्ताहरुको सेयर बजारमा आकर्षण बढिरहेका बेला नियामक निकाय राष्ट्र बैंकले भने सेयर बजारमा बैंकिङ्ग लगानी नगएको प्रष्ट पारेको छ । बैंकिङ्ग कर्जाको दर निरन्तर बढेर सेयर बजारको लगानीको पारो समेत शिखरमा पुगेका बेला कतै बैंकको कर्जा सेयर बजारमा गयो कि भन्ने सबैमा लागेपनि त्यसो नभएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाइ छ  ।

जुन कुरा बैंकको कर्जा लगानी र सेयर बजारको बढ्दो दरलाई तुलना गरेर हेर्दा पनि मेल नखाने उनको भनाइ छ । यद्यपि, बैंकिङ्ग कर्जाको लगानी उत्पादनशिल क्षेत्रमा भने नगएको गभर्नर अधिकारीले स्वीकारेका छन् ।vबुधबार संसदीय अर्थसमितिमा कर्जा लगानी बारे सांसदहरुले राखेको जिज्ञासामा जवाफ दिँदै गभर्नर अधिकारीले कुल कर्जा लगानीको करिब २० प्रतिशत लगानी व्यवसायिक क्षेत्रमा र ८ प्रतिशत मात्र कृषि क्षेत्रमा गएको तथ्याङ्क प्रस्तुत गरेका थिए । 

सोही अवसरमा गभर्नर अधिकारीले बैंकिङ्ग कर्जाको दर बढेसँगै स्वाभाविक रुपमा आयातदर समेत बढ्ने गरेको यथार्तता प्रस्तुत गरेका थिए । समितिमा गत आर्थिक वर्ष २०७७÷७८ को ११ महिनाको कर्जा लगानी तथ्याङ्क प्रस्तुत गरेका गभर्नरले बैंक तथा वित्तीय क्षेत्रको पछिल्लो कर्जा लगानीको दर २४.९ प्रतिशतले वृद्धि भएर ४००८ अर्ब ५२ करोड पुगेको बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि