काठमाडौं । आजदेखि सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुलेको छ । प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आईपीओ निष्कासन गरेको बताइएको छ ।
जसमध्ये कर्मचारीलाई ३ लाख ५ प्रतिशत र म्युचुअल फन्डलाई ५ प्रतिशतले हुने ३ लाख कित्ता शेयर छुट्याएको छ । बाँकी ५४ लाख कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्ने छन्। उक्त समयमा सबै आईपीओ बिक्री नभएमा भने भदौ २ गतेसम्म खुल्ने छ ।