बैशाख २२, २०८१, शनिबार
               

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

नेपाल फ्ल्यास
साउन १९, २०७८

ADVERTISEMENT

मंगलबार सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २६.०२ अंकले बढेर अधिकतम ३१११.०९ बिन्दुमा पुगेको हो । 

साथै मंगलबार कूल साढे ११ अर्बभन्दा बढीको कारोबार भएको छ । सोमबार ११ अर्ब भन्दा कमको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम साढे ११ अर्ब माथि पुगेको  हो ।  आज ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँ बराबरको २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर कारोबार भएको हो।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको सूचक नकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक सकारात्मक देखिएको छ । मंगलबार अपि पावर कम्पनीको सबैभन्दा धेरै ४६ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ


 


कस्तो लाग्यो ?

यो पनि