जेठ ०५, २०८१, शनिबार
               

मैलुङ खोलाको आइपीओमा साढे ३५ गुणा बढी आवेदन

नेपाल फ्ल्यास
साउन १७, २०७८

ADVERTISEMENT

मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओमा २ करोड ४१ लाख ४३ हजार ४८० कित्ताको लागि आवेदन परेको छ । सीडीएसका अनुसार आइतबार ५ बजेसम्म १७ लाख ७६ हजार ७११ जना लगानीकर्ताले २ अर्ब ४१ करोड ४३ लाख ४८ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । यो सर्वसाधारणले आवेदन दिन पाउने ६ लाख ८४ हजार ७४६ कित्ताको ३५.२५ गुणा धेरै आवेदन हो ।
 
मैलुङ खोला जलविद्युत कम्पनीले आज साउन १४ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । यो आइपीओमा सोमबारसम्म आवेदन दिन सकिनेछ । यस आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि