जेठ ०५, २०८१, शनिबार
               

भारतीय सहयोगमा हिरण्यवर्ण महाविहार पुनर्निर्माण सुरु

नेपाल फ्ल्यास
साउन १५, २०७८

ADVERTISEMENT

ललितपुर ।ललितपुरस्थित हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गर्दै पुनर्निर्माण कार्य सुरु गरिएको छ ।

पुनर्स्थापना सुरु गर्नु अगाडि क्षमा माग्ने रीतिअनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गरेका छन् ।

काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकार तथा इन्डियन नेसनल ट्रस्ट फर आर्ट एन्ड कल्चरल हेरिटेजका अधिकारीहरूले उक्त पूजामा सहभागिता जनाएका थिए ।

पुनर्निर्माण थाल्नुअघि क्षमा पूजा गरिँदै ।

महाविहार १८ करोड १० लाख रुपैयाँको लागतमा पुनर्निर्माण हुन लागेको हो । 

सुनौलो मन्दिरको रूपमा परिचित हिरण्यवर्ण महाविहार युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ । यो पाटन दरबारस्थित स्मारक क्षेत्रमा अवस्थित छ । यो पाटनका बौद्ध मन्दिर विहारहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण विहार हो । 

२०७२ को  भूकम्पले क्षति पुराएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

यो ती २८ वटा परियोजनामध्ये एक हो । भारतीय सहयोगमा ललितपुर जिल्लामा सातवटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माण हुन लागेको छ । त्यसमध्ये पाँचवटा परियोजनामा पुनर्निर्माण कार्य भइरहेको भारतीय दूतावासले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि