बैशाख २९, २०८१, शनिबार
               

नेप्सेमा सामान्य करेक्सन

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

सेयर बजारमा सोमबार सामान्य करेक्सन आएको छ । आज सोमबार बजार थोरै प्रभावित भएको हो । सूचक सामान्य तल झरे पनि खरिदबिक्री रकम औसतमा राम्रो छ । कारोबार रकम अघिल्लो दिनभन्दा केही कम भए पनि औसतमा भने राम्रो हो । 

यस्ता करेक्सनले बजारलाई थप बलियो बनाउने विश्लेषकहरू बताउँछन् । करेक्सन हुँदै अघि बढेको बजार दिगो हुने उनीहरुको भनाइ रहेको छ । आज नेप्से सूचक ८.२४ अंकले घटेर ३०५०.४२ विन्दुमा अडिएको छ । १४ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ ।

१३ मध्ये ८ समूहको सूचक माथि लागेका छन् । हाइड्रोपावर र फाइनान्स समूहमा बढी तेजी आएको छ ।  ७ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकममा ३९ करोड रपैयाँभन्दा बढीसहित ङादी पावर अग्रस्थानमा आएको छ । यसैगरी, खरिदबिक्री रकममै दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र एनआइसी एसिया बैंक  परेका छन् । 


कस्तो लाग्यो ?

यो पनि