बैशाख ३०, २०८१, आइतबार
               

१२,५८७ कित्ता सेयर बिक्री गर्दै मञ्जुश्री फाइनान्स, प्रति सेयर न्यूनतम मूल्य ३००

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूह अन्तर्गगतको १२,५८७ कित्ता सेयर बिक्री गर्ने भएको छ । 

संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ मात्र तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । 

साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७८ साउन १४ गते देखि भदौं ८ गते सम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमा आइपुग्ने गरी प्रति कित्ता आफूले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य सिलबन्दी बोलपत्रमार्फत आवेदन पेश सक्ने कम्पनीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि