जेठ ०६, २०८१, आइतबार
               

पत्रकार महासंघ यूकेद्वारा आर्थिक सहयोग

नेपाल फ्ल्यास
साउन ०८, २०७८

ADVERTISEMENT

लण्डन । कोरोना महामारीबाट  प्रभावित नेपालका क्रियाशील पत्रकारहरूलाई लक्षित गरी नेपाल पत्रकार महासंघ यूके शाखाले संकलन गरेको पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । देशभर कार्यरत पत्रकारमध्ये २५ पत्रकारई जनही २० हजार रुपैयाँका दरले वितरण गर्ने योजना रहेको शाखाले जानकारी गराएको छ ।

‘लेखन वृत्ति’ नाममा पत्रकार महासंघ केन्द्रीय समितिमार्फत वितरण गर्ने निर्णय भएको बताइएको छ । सोही निर्णयबमोजिम उठेको कुल पाँच लाख १६ हजार रुपैयाँ पत्रकार महासंघ केन्द्रिय समितिको बैंक खातामा जिम्मा गरिसकिएको छ ।

गत जुनको दोस्रो साता बसेको नवनिर्वाचित यूके शाखाको पहिलो बैठकले कोरोना प्रभावित पत्रकारहरूललाई सहयोग गर्ने निर्णय गरेको थियो । सहयोग संकलनका लागि शाखाले नवनिर्वाचित सदस्यहरु दिनेशकुमार परियार, प्रमिला लावुङ र गोमा रानालाई जिम्मा दिएको थियो ।

हाल कोरोनाबाट सङ्क्रमित भएका पत्रकार र तिनको परिवारलाई लक्षित गरिए पनि तमाम पत्रकारलाई कुनै न कुनै रूपमा महासंघ यूकेको शाखाले जोड्ने योजना रहेको शाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि