बैशाख ०८, २०८१, शनिबार
               

१५ बैंक ह्याक गर्ने धम्कीपछि राष्ट्र बैंकको सक्रियता

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

ह्याकरहरूले नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंक ह्याक गरेर पैसा चोरी गर्ने धम्कीपछि नेपाल राष्ट्र बैंकको प्रणालीले परीक्षण गरेको छ । 

बुधबार दिउँसो राष्ट्र बैंकसहित १५ वटा बैंकको नाम नै किटेर ह्याक हुने इमेल प्राप्त भएको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले जानकारी गराए । त्यसपछि राष्ट्र बैंकसहित अन्य बैंकको प्रणाली परीक्षण गरिएकोमा कुनै पनि समस्या नदेखिएको उनले बताए । 

उनका अनुसार इमेल र कल गर्ने व्यक्तिको विषयमा थप अनुसन्धान भइरहेको छ तर कसले त्यस्तो म्यासेज पठाएको भन्ने विषयमा हालसम्म केही खुलेको छैन ।  कसैले धम्क्याउने प्रयोजनका लागि पनि त्यसरी इमेल र फोन गरेको हुनसक्ने आशङ्का गरिएको बैंकका अधिकारीहरु बताउँछन् ।

ह्याकरले पठाएको भनिएको म्यासेजमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एशिया बैंक, बैंक अफ काठमाण्डाै, सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा बैंक, नेपाल एसबीआई, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख गरी ती बैंकको सिस्टम ह्याक गरेर रकम निकालिने बताइएको छ । 

यस विषयमा राष्ट्र बैंकले प्रहरीलाई पनि जानकारी गराइसकेको छ । केही समयअघि सिद्धार्थ बैंकको एटीएमबाट ३४ लाख रुपैयाँ चोरी भएको थियो भने २०७४ सालमा पनि बैंकिङ प्रणालीबाट करिब १८ करोड रुपैयाँ चोरी भएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि