जेठ ०४, २०८१, शुक्रबार
               

मंगलबार ९ अंकले घट्यो नेप्से परिसूचक

नेपाल फ्ल्यास
साउन ०५, २०७८

ADVERTISEMENT

साताकाे तेस्रो दिन मंगलबार नेप्से परिसूचक ९.०१ अंकले घट्दै २९८५.५७ विन्दुमा रोकिएको छ। मंगलबार काराेबारमा आएका २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ताको किनबेचमा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ कारोबार भएको छ।

मंगलबार अरुण कावेली हाइड्रोको सबैभन्दा धेरै ३८ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको २६ करोड ९८ लाख, नेपाल इन्स्योरेन्सको २४ करोड १८ लाख, एनआइसि एशिया बैंकको २३ करोड ४९ लाख र कुषि विकास बैंकको २२ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहको सूचकमध्ये ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ९ उपसमूहको सूचक नकारात्मक देखिएको छ। सोमबार साढे ११ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि