काठमाडाैं । ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले आफ्ना सदस्य ट्रेकिङ्ग व्यवसायीहरुलाई तोकिएको समय सीमा भित्रै व्यवसायिक प्रतिवेदन बुझाउन आग्रह गरेको ।
मंगलबार एक सूचना जारी गर्दै टानले आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म पर्यटन तथा ट्रेकिङ्ग व्यवसायीहरुले नेपाल सरकार, वाग्मती प्रदेशलाई बुझाउनु पर्ने प्रतिवेदन थपिएको २ महिना भित्र बुझाई व्यवसायीहरुलाई आग्रह गरेको हो ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको उपत्यका पर्यटन कार्यलयले आर्थिक वर्ष २०७७/७८ को आवधिक प्रतिवेदन सहित असार मसान्त देखि ६० दिन भित्र व्यवसायिक प्रतिवेदन दाखिला गराउन सार्वजनिक सूचना गरेको छ ।
उक्त सूचना अनुसार थप तोकिएकै समय सीमाभित्र आफ्नो कम्पनीको आवधिक प्रतिवेदन बुझाई बिलम्ब शुल्कबाट बच्न समेत टानले आग्रह गरेको हो ।