जेठ ०४, २०८१, शुक्रबार
               

आज १३.८० अंकले बढ्यो नेप्से परिसुचक

नेपाल फ्ल्यास
साउन ०४, २०७८

ADVERTISEMENT

पुँजीबजार मापक परिसूचक नेप्से आज १३.८० अंकले बढेर २९९४.४२ विन्दुमा उक्लिएको छ।

नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन आइतबार नेप्से ९७.२१ अंकले बढेको थियो। आज दोस्रो कारोबार दिन पनि त्यसले निरन्तरता पाएको हो।

नेप्सेमा आज कूल ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज एनआईसी एसिया बैंकका सेयर सबैभन्दा धेरै ३५ करोड ४१ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स र हाइड्रोपावर बाहेक सबै उपसमूहका परिसूचक बढेको नेप्सेले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि