बैशाख २२, २०८१, शनिबार
               

एकैदिन करिब १०० अंकले बढ्यो परिसूचक

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

एक सातासम्म अन्यौलमा रहेको पूँजी बजारमा आइतबार तीव्र बृद्धि भएकाे छ । यस दिन नेप्से परिसूचक ९७.२१ अंक बढेर २९८०.६१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १९.५५ अंक बढेर ५६०.९६ विन्दुमा पुगेको छ। यता, फ्लोट इण्डेक्स ७.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.७८ अंक बढेको छ।

आइतबार ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रो बजारमा कारोबार भएका १३ वटै परिसूचकमा आइतबार वृद्धि हुँदा पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर कारोबार भयो । आइतबार दोस्रो बजारमा २१७ कम्पनीको १२ करोड ३० लाख ४५ हजार ६०६ कित्ता सेयर कारोबार भएको थियो ।

नेप्सेसँगै कारोबार रकम पनि बढेका कारण लगानीकर्ताहरु उत्साहित भएका छन्। नयाँ आर्थिक वर्ष सुरु भएसँगै लगानीकर्ताहरु पनि नयाँ जोशका साथ लगानी गर्न थालेको जानकारहरु बताउँछन् । आज २ करोड ८८ लाख भन्दा बढी कित्ता सेयर किनबेच भएको छ । सूचीकृत सबै समूहहरु हरियो भएका छन् । जीवन बिमा समूह ६४८.४६ अंकले बढेको छ । यस्तै, बैंकिङ समूह पनि ९२.५८ अंकले बढेको छ । ५ वटा कम्पनीको भाउ १०% ले वृद्धि भएको छ । कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्स पहिलो र नबिल बैंक दोस्रो स्थानमा छ ।

 


कस्तो लाग्यो ?

यो पनि