जेठ ०६, २०८१, आइतबार
               

लक्ष्यभन्दा आठ करोड रुपैयाँ बढी राजश्व संकलन

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७–०७८ मा कूल आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

सो अवधिमा आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार राजश्व संकलन गर्ने कार्यालयको लक्ष्य थियो । कार्यालयले लक्ष्यभन्दा आठ करोड ९१ लाख ५४ हजार रुपैयाँभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७७–०७८ मा संकलित राजश्वमा आयकर तीन अर्ब ५२ करोड १९ लाख १४ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर दुई अर्ब ५३ करोड ९० लाख १२ हजार रुपैयाँ र अन्तःशुल्क दुई अर्ब ८७ करोड २८ लाख ५० हजार रुपैयाँ रहेको छ ।

सो अवधिमा कार्यालयले आयकरमा १३० प्रतिशत, मूल्य अभिवृद्धि करमा १५७ प्रतिशत र अन्तःशुल्कमा ६४ प्रतिशत वार्षिक प्रगति हासिल गरेको छ । 

यो पनि