बैशाख १७, २०८१, सोमबार
               

लिटरमा १ रुपैयाँ घट्यो इन्धनको मूल्य

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

आयल निगमले इन्धनको मूल्य घटाएको छ । बुधबाररातिबाट लागू हुने गरी इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको छ । अब पेट्रोलको मूल्य १२८ रुपैयाँ कायम भएको छ।

यस्तै डिजेलको मूल्य पनि प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ। निगमका अनुसार डिजेलको मूल्य अब १११ रुपैया प्रतिलिटर कायम भएको छ।

हप्ता निगमले इन्धनको मूल्य बढाएपछि नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु (माधव समूह)लगायतका पाँच विद्यार्थी संगठनले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गर्दै आएका थिए। विद्यार्थी संगठनको आन्दोलनपछि निगमले मूल्य घटाएकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि